२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको बोलीले संसदमा हंगामा



अ+ अ-

काठमाडौँ । ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए ।

प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसद रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्यो ।

संसदको मंगलबारको बैठकमा यही ‘निम्छरा’ शब्द दलीय प्रतिष्ठाको विषय बन्यो । एकैछिनमा संसदको माहोल तात्यो । होहल्लाबीच प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भयो ।

त्यस क्रममा न विपक्षी कांग्रेसले ढंग पुर्यो न त विगतमा नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको नजिर कायम गर्न सत्तापक्ष सफल भएको अन्नपुर्ण पोष्ट दैनिकमा खबर प्रकाशित छ ।