• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

यादव फिट, मुम्बई हिट, चेन्नईमाथी ६ विकेटको जित



काठमाडौँ । यस अघि तीन पटक आइपिएलको उपाधि जितेको मुम्बई इण्डियन्स फाइनलमा पुगेको छ । चेन्नई सुपरकिंग्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

चेन्नईले दिएको १३२ रन पछाएको मुम्बईले १८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले अविजित ७१ रन बनाएका थिए । त्यस्तै इशान किसनले २८ र हार्दिक पाण्डेयले अविजित १३ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्मा ४ र क्वेन्टन डी कक ८ रन बनाएर आउट भएका थिए ।

चेन्नईका बलर इमरान ताहिरले २ विकेट लिएका थिए भने हरभजन सिंह र दिपक चहरले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउदै १३१ रन बनाएको थियो ।

आइपिएल अन्तर्गत आज इलिमिनेटरको खेल अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । यस खेलको विजेताले दोस्रो क्वालिफायरमा चेन्नई सुपरकिंग्ससँग खेल्ने छ ।