तनहुँ । बन्दीपुर अस्पतालबाट उपचाररत रहेका एक विरामी बेपत्ता भएका छन् ।
जिल्लाको भानु नगरपालिका-१० का ५६ वर्षीय क्षयरोगी बद्रीबहादु गुइदे ६ दिनदेखी बेपत्ता भएका छन् । बन्दीपुर अस्पतालको क्षयरोग उपचार केन्द्रमा उपचाररत गर्दै आईरहेका गुइदे गएको १९ गतेबाट सम्पर्कविहीन भएको अस्पताल स्रोतले जानकारी दिएको हो ।
गुइदेका परिवारले अस्पताललाई दवाव दिएपछि अस्पतालको आग्रहमा स्थानीय प्रहरीले उनको खोजी गरेपनि अझैसम्म गुइदे फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन् ।
उनको खोजीमा नेपाल प्रहरी, मनकामना गण भानुका सशस्त्र प्रहरी बल, कुरिनटार लगायत प्रहरी परिचालन गर्नुका साथै पोखराबाट तालिमप्राप्त कुकुरसमेत भिmकाएर खोजी गरिरहेको प्रहरीले जनाएको छ ।