४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको लाहोरमा बम बिष्फोट, २ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पाकिस्तानको लाहोरमा बम बिष्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

बुधबार बिहान दाता दरबार अगाडि पन्जाब प्रहरीको भ्यानलाई लक्षित गरी बम विष्फोट गराइएको हो ।

मृत्यु भएका दुई जनाको शव मायो अस्पतालमा राखिएको छ । घाइतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

अहिले सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएका छन् ।क्षतिको पूर्णविवरण आउन बाँकी छ ।