मेक्सिको । मेक्सिकोको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी बिमान मेक्सिकोको विकट पहाडी इलाकामा खस्दा उनिहरुको मृत्यु भएको हो ।
विधिचिकित्सकहरुले बिमानमा रहेका सबैको शव पहिचान गरेको त्याँहा अधिकारीहरुले बताएका छन् ।उनिहरुका अनुसार मृत्यु भएका व्यक्तिमध्ये सात जनाकोे शरीर सग्लो स्वरुपमा भएपनि जलेको अवस्था रहेको तथा अरु छ जनाको शरीर टुक्राटुक्रा भएको छ ।
नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गत आइतबार सम्पर्क बिहीन भएको थियो । उनीहरुले मौसम खराब भएका कारण बिमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् ।