४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिकको मृत्यु भएको पेन्टागनको पुष्टी



अ+ अ-

वासिङ्टन । अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाका एक सदस्यको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ ।

अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार दुर्घटनामा परेर ती सैनिकको मृत्यु भएको जनाइएको छ । उनी अफगानी सेनाको मद्दतका लागि तैनाथ सैनिक टुकडीमा कार्यरत थिए ।
पेन्टागनले उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

अफगानिस्तानमा संयुक्तराज्य अमेरिकाका करिब १४ हजार सैनिक तैनाथ छन् ।