३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रंजन गोगोईमाथि लागेको यौन उत्पीड़नको आरोपमा सफाई, महिलाहरुकाे सर्वोच्च बाहिर प्रर्दशन



अ+ अ-

काठमाडौं । भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश रञ्जन गोगोईमाथि लागेको यौन उत्पीड़नको आरोपमा सफाई पाएका छन् ।

गोगईले सफाई पाएपछि दर्जनौं महिलाहरुले नयाँ दिल्लीस्थित सर्वोच्च अदालत बाहिर प्रर्दशन गरेका छन् । तीमध्ये करिव ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएका छ ।

प्रधान न्यायाधीश गोगोईले आफूविरुद्ध अदालतका पूर्वकर्मचारीले लगाएको आरोप ‘अविश्वसनीय’ रहेको प्रतिक्रिया दिएका छन् । यस क्रममा प्रधान न्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन रहेको र यसको पछाडी कुनै ठूलो शक्तिको हात हुन सक्ने प्रतिक्रिया दिएका छन् ।

यता, न्यायाधीशहरूको तीन सदस्यीय छानबिन समितिले पनि गोगोईमाथि लागेको आरोपहरूमा कुनै सत्यता नभएको ठहर गरेको छ छ ।

प्रधानन्यायाधीश गोगोइका एक पूर्वसहयोगीले अप्रिल १९ मा यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । र त्यसको जाँच गर्न सर्वोच्च अदालतका २२ जर्जहरुसँग माग गरेका थिए । त्यसपछि अदालतको फुलकोर्टले प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश शरद अरविन्द बोबडेको संयोजकत्वमा तीन न्यायाधीश सम्मिलित छानबिन समिति गठन गरिएको थियो ।

जसमा महिला न्यायाधीशद्वय इन्दिरा बनर्जी , इन्दु मल्होत्रा सहभागी थिए । भारतका प्रधानन्यायाधीश यौन दुव्र्यवहारको आरोपमा छानबिन समिति समक्ष उपस्थित भएको यो पहिलो घटना हो ।

महिलाले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागिरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोपसमेत लगाएकी थिइन् ।