२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्लीले हैदराबादसँग भिड्दै, सन्दीपको भेट राशिद खानसँग होला त ?



अ+ अ-

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटर खेल अन्तर्गत आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसँग भिड्दै छ।

लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि बिसाखापटनमस्थित डाक्टर राजाशेखारा क्रिकेट रंगशालामा हुनेछ ।

यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएपछि चेन्नईले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नु परेको हो ।

युवा खेलाडीले भरिएको दिल्ली टिम पहिलोपल्ट आईपीएलको फाइनलका लागि अग्रसर छ । रिक्की पोन्टिङ र सौरभ गांगुलीले दिल्लीका युवा खेलाडीलाई एउटा लय दिएका छन् । प्लेअफमा मुम्बई र चेन्नईसँगै समान १८ अंक भएर पनि दिल्ली रनरेटमा पछि रहँदै इलिमिनेटर खेल्नु परेको हो ।
दिल्लीले जारी आईपीएलको लिग चरणमा १४ खेलबाट ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर तेस्रो स्थान कब्जा गरेको थियो । यता, हैदरावादलाई भने यो पटक भाग्यले साथ दियो । मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई पराजित गरेसँगै हैदरावाद प्लेअफमा पुगेको हो । यदी कोलकत्ताले जितेको भए हैदरावाद आउट हुने थियो ।

हैदरावादले १४ खेलमध्ये ६ खेलमा जित र ८ खेलमा हार ब्यहोर्दै १२ अंक बनाएको थियो । १२ नै अंक बनाएको कोलकत्ता र किंग्स इलाभेन पञ्जाब भने नेट रनरेटमा पछि पर्दै आईपीएलबाट बाहिरिएका हुन् ।

हैदरावाद र दिल्ली दुबैले लिग चरणको खेलमा नतिजा बाँडेका थिए । दिल्लीले होम गेममा हैदरावादसँग ५ विकेटले पराजय भोगेको थियो । तर अवे खेलमा भने दिल्लीले हैदरावादलाई ३९ रनले पराजित गरेको थियो ।

डेभिड वार्नर प्रेरित हैदराबाद ब्याटिङ लाइन उत्कृष्ट छ । बलिङतर्फ राशिद खानले नेतृत्व लिनेछन् । दिल्लीका कप्तान श्रेयस अय्यर, ऋषभ पन्त लगायतका युवा खेलाडीमा उसको प्रदर्शन निर्भर हुनेछ ।

दक्षिण अफ्रिकाका कागिसो रबाडा विश्वकप तयारीका लागि स्वदेश फर्किएपछि दिल्लीले त्यसको मूल्य चुकाउनुपर्ने हुनसक्छ ।

नेपाली युवा स्पिनर सन्दीप लामिछाने अहिलेसम्म ६ खेलबाट ८ विकेट लिएका छन् । पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलका थिए । जुन खेलमा महंगो बलिङ गरे र कुनै विकेट लिन सकेनन् । त्यसपछि दिल्लीले उनलाई प्लेइङ सेटमा राखेको छैन ।

हैदरावादविरुद्धको खेलमा पनि सन्दीपले खेल्न पाउने मौका निकै कम रहेको बताइन्छ । किनभने पछिल्लो समयमा दुई भारतीय स्पिनर अमित मिश्र, अक्षर पटेलले उत्कृष्ट बलिङ गरिरहेका छन् । चार विदेशी खेलाडीको कोटामा पर्न सन्दीपले किमो पाउल, ट्रेन्ट बोल्ट, कोलिन मुन्रो, कोलिन इन्ग्राम, सेफर्न रुथरफोर्ड र किमो पाउलमध्ये दुई जनालाई पन्छाउनुपर्ने हुन्छ ।

लिग चरणमा भएका दुई खेलमा दिल्ली र हैदराबादले एक–एक खेल जितेका छन् । पहिलो खेल हैदराबादले दिल्लीको घरेलु मैदानमा ५ विकेटले जितेको थियो भने हैदराबादमा दिल्ली ३९ रनले विजयी भएको थियो ।