चितवन । पूर्वी चितवनको राप्तीमा बुधबार बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् ।उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन्।
घाइते हुनेमा राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेल र उनकी श्रीमती ६५ वर्षीया मनरुपा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुँडिएको जनाइएको छ। वृद्ध दम्पतीको साथबाट रिङ र सिक्री गरी करीब दुई तोला सुन लुटिएको प्रहरीले जनाएको छ।
पोखरेल दम्पतीको अवस्था खतरामुक्त रहेको र चोरी गर्ने समूहको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले दिएका छन्। उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।