काठमाडौं । प्रेसिडेण्ट ग्रुप अफ होटेल प्रालिले धुर्मुस सुन्तली फाउण्डेसनलाई ७५ हजार आर्थिक सहयोग गरेको छ ।
धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण लागि उक्त रकम सहयोग गरिएको हो ।
प्रेसिडेण्ट सेकुवाको ९औँ शाखा काठमाडौंको महाराजगञ्जमा उद्घाटन कार्यक्रममा प्रेसिडेण्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले उक्त रकम बराबरको चेक सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रेसिडेण्ट सेकुवाको ९औँ शाखाको उदघाटन समेत धुर्मुस सुन्तलीले गरेका थिए ।