६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपामा कार्यविभाजन र जनसंगठनबारे शीर्ष नेताबीच सहमति : बाँकी एकता वार्षिकोत्सवमा



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाका शीर्ष नेताहरूले बाँकी एकता ३ जेठमा घोषणा गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सव (३ जेठ)मा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा पुगेका हुन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको छलफलबाट तीनवटै विषय टुंगिएकाले केही दिनभित्रै घोषणाको तयारी भइरहेको बताए । अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल पनि सहभागी थिए ।

प्रधानमन्त्री ओली बिहीबार कम्बोडिया भ्रमणमा जाँदै छन् । १ जेठमा उनी फर्किएपछि सचिवालय बैठकबाट अन्तिम टुंगो लगाएर ३ जेठमा घोषणा गर्ने नेताहरूबीच समझदारी बनेको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएको ३ जेठमै एक वर्ष पुग्दै छ । सचिवालय बैठकबाट पारित नभइसकेकाले शीर्ष नेता सहमतिबारे खुलेर बोल्न चाहेका छैनन् ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । पोलिटब्युरोमा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने समझदारीअनुसार नेताहरूले सूची बनाएका छन् । एमालेबाट साबिक पोलिटब्युरो सदस्यबाहेक दुईपटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट वरिष्ठताका आधारमा सूची तयार भएको छ ।

पूर्वमाओवादीबाट भने अध्यक्ष प्रचण्डले साबिक केन्द्रीय सचिवालय सदस्यमध्ये रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसँगको परामर्शमा वरिष्ठताको मर्यादाक्रममा अगाडि रहेकालाई समेटेर सूची बनाएका छन् । स्थायी समितिका नेताहरूलाई केन्द्रीय विभाग, पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज, केन्द्रीय सदस्यहरूलाई सहइन्चार्ज र क्षेत्रीय इन्चार्ज तथा विभिन्न जनवर्गीय संगठन र प्रतिष्ठानको इन्चार्ज बनाउने गरी कार्यविभाजनको प्रस्ताव बनिरहेको एक नेताले बताए ।

अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालबीच जनसंगठनहरूमा दुईदेखि तीनजनासम्म सहसंयोजक राख्नेसमेत छलफल भएको छ । जनसंगठनको एकता गर्दा दुवैतर्फका अध्यक्ष र महासचिवलाई समेट्न सहसंयोजक पद सिर्जना गर्ने गरी नेता समझदारीमा पुगेको स्रोतले बतायो । २२ मध्ये पाँच जनसंगठनको मात्रै एकीकरण सम्पन्न भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।