१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोटका कारण स्वारेजले कोपा डेल रेको फाइनल खेल गुमाउने पक्का



अ+ अ-

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले कोपा डेल रेको फाइनल खेल गुमाउने भएका छन् ।

दाँया घुँडाको मेडियल मिनिस्कसमा चोट बोकेपछि घुँडाको शल्यक्रिया गरेका उनि ४ देखि ६ हप्तासम्म मैदान बाहिर रहने छन् ।

स्वारेजले यस सिजन कोपा डेल रेको फाइनल सहित बाँकी ३ खेल गुमाउने पक्का भएको छ ।

उनले यस सिजनको एल क्लासिकोमा ह्याट्रिक गरेका थिए । यस सिजन उनले २९ खेलबाट २५ गोल गरेका छन् ।

कोपा डेल रेअन्तर्गत फाइनलमा बार्सिलोनाले मे महिनाको २५ तारिखमा भ्यालेन्सियाको सामना गर्दैछ ।