१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल अगाडी हार्दिकले दिए चेन्नाईलाई यस्तो चेतावनी



अ+ अ-

काठमाडौं । आइतबार मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्सले आईपिएलको १२ संस्करणको उपाधिको लागि प्रतिष्पर्धा गर्दैछन्।

मुम्बईलाई फाइनलमा पुर्याउन हार्दिक पांड्याको भूमिका महत्वपूर्ण छ। उनै हार्दिकले फाइनल अघि आफ्ना प्रतिष्पर्धीलाई ट्विट गर्दै चेतावनी दिएका छन्।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले ३ पटक उपाधिमा कब्जा जमाइसकेको छ। ऊ चौथोपटक उपाधि जित्ने दाउमा छ। ट्वीट गर्दै हार्दिकले उनको टोली उपाधि जित्नका लागि पूरा तयार रहेको जनाएका छन्।

‘शाही लडाईंको लागि तयार छु’, मुम्बईका अलराउण्डर हार्दिकले ट्वीटमा लेखेका छन्।

मुम्बईलाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका निभाएका हार्दिकले यस सिजनमा हालसम्म ३९३ रन बनाएका छन्। यसका साथै उनले १४ विकेट पनि लिएका छन्। यस आईपिएएलमा १२ विकेट लिने एकमात्र क्रिकेटर हुन्।