२ भाद्र २०८३, मंगलवार
,
Latest
केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली लेग स्पिनर सन्दीपको सकियो आइपिएल यात्रा !



अ+ अ-

काठमाडौँ । दिल्लीबाट खेलीरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको आइपिएल यात्रा सकिएको छ ।

शुक्रबार राती चेन्नई सुपरकिंग्ससँग ६ विकेटले पराजित भएसँगै दिल्लीको यस सिजनको आइपिएल यात्राबाट बाहिरिएपछि सन्दीपको आइपिएल यात्रापनि सकिएको छ ।

दोस्रो सिजन आइपिएलमा दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपको यस सिजन मिश्रित रहेको छ । दिल्लीले खेलेका कुल १६ खेलमा सन्दीपले केवल ६ खेलमा खेल्ने मौका पाए ।

सन्दीपले खेलेका ६ खेलमा कुल ८ विकेट लिएका छन् । सन्दीपले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा बाहेक अन्य पाँचै खेलमा विकेट लिएका थिए । यस सिजनमा खेलेका खेलमा किंग्स इलेभेन पंजावविरुद्ध खेल्दै सर्वाधिक ३ विकेट लिएका थिए ।
दिल्लीको विदेशी खेलाडीको कोटाबाट नियमित रुपमा प्लेइङ एघारमा पर्न नसक्दा सन्दीपको यस सिजनको प्रदर्शन प्रभावित भएको देखिएको छ ।

समग्रमा हेर्दा सन्दीपले यस सिजनमा कुल ६ खेलमा २३ ओभर बलिङ गर्दै २१० रन दिएर ८ विकेट लिएका छन् । सन्दीपको औसत विकेट २६.२५ रन छ भने इकोनोमी ९।१३ रन प्रति ओभर रहेको छ ।

अघिल्लो सिजनमा केबल ३ खेल खेलेका सन्दीपले ६.८३ को इकोनोमी रेटले ५ विकेट लिएका थिए ।