३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

रेस्लर सिल्भर किंगको रिङ भित्रै मृत्यु

रेस्लर सिल्भर किंगको रिङ भित्रै मृत्यु
अ+ अ-

काठमाडौं। डब्ल्यूसीडब्ल्यूका पूर्व रेसलर एवं ज्याक फ्ल्याक नामक फिल्ममा अभिनय गरेका सिल्भर किंगको लण्डनमा आयोजित दर्शकले खचाखच भरिएको एक कार्यक्रममा मृत्यु भएको छ । सन् २००६ मा कमेडी नाचो लिब्रेमा समेत अभिनय गरिसकेका सिल्भर किंग उत्तर लण्डनको क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा आफ्नो प्रस्तुती दिइरहेका थिए ।

वास्तविक नाम कवाहतेमोक गोन्जालेज ब्यारोन भएका मेक्सीकेली रेसलर रेसलिङ खेल्दाखेल्दै एकाएक लडे । सुरुमा दर्शकले त्यो प्रस्तुतीकै एउटा पाटो सम्झिए । द वर्ल्ड रेसलिङ काउन्सिलले आफ्नो ट्वीटर अकाउन्टमा उनको मृत्युबारे पुष्टि गरेको छ । सिल्भर किंग शनिबार रातीको उक्त कार्यक्रममा डब्ल्यूडब्ल्यूईका पूर्व स्टार ‘द जुस’ गुएरेरासँग भिडिरहेका थिए । उनी लडेको केही समयपछि अन्य रेसलेरले उनलाई घेरे र उनको छातीमा थिच्न थाले । त्यसपछि दर्शकलाई उक्त हलबाट निकालियो ।

एक प्रत्यक्षदर्शीले भने, ‘उनीहरु रेसलिङ खेलिरहेका थिए, एकाएक केही विपत् आइलाग्यो ।’ ‘उनीहरु रेसलिङ खेलिरहेका बेला एकाएक माहौल परिवर्तन भयो । सिल्भर किंगको छातीमा अन्य रेसलरहरुले बेस्सरी थिचिरहेका थिए ।’

‘अन्य रेसलर रिङ भित्रै तत्काल पुगे । दृश्य निकै भयानक थियो । उनीहरुले त्यहाँबाट सबैलाई निकाले तर घटना भएको २० मिनेट बितिसक्दा पनि एम्बुलेन्स देखिएको थिएन,’ द सनले भन्यो । एक प्रत्यक्षदर्शीका अनुसार त्यहाँ थुप्र बालबालिकाको उपस्थिती थियो । त्यहाँ केही गम्भीर घटना भएको भनेर चाल पाउन दुई मिनेट पनि लागेन । सबैभन्दा ठूलो शो लुचा लिब्रेमा आफ्नो प्रस्तुती दिइरहेका सिल्भर किंगले सन् १९९७ देखि २००० मा वर्ल्ड च्याम्पियन रेसलिङमा पनि भाग लिएका थिए । एजेन्सी