२ भाद्र २०८३, मंगलवार
,
Latest
केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग वान : नेयमार र डी मारियाको गोलसँगै पीएसजीको जित



अ+ अ-

काठमाडौं । स्टार खेलाडी नेयमार र एन्जल डी मारियाले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा जित निकालेको छ ।

लिग च्याम्पियन पीएसजीले एङ्गर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले खेलको २० औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको ५८ औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

टिमका डिफेन्डर मार्किन्होसले ८५ औँ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ८३ औँ मिनेटमा फ्लेभियान टेइटले गोल गर्दै एङ्गर्सलाई खेलमा फर्काउने प्रयास गरेपनि सफल भने हुन सकेन । यो जितसँगै लिग विजेता पीएसजीको ३६ खेलबाट ८८ अंक छ । एङ्गर्स ४५ अंक सहित तालिकाको १२ औँ स्थानमा छ ।