३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको अपरिहार्यता अझै छ तर समस्याहरु पनि छन् : प्रम देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारको अपरिहार्यता अझै रहेको बताउनुभएको छ । नेपाली कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गर्दै प्रधामन्त्री एवं पार्टी सभापति देउवाले वर्तमान अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउने अवस्था नरहेको भन्दै यसको अपरिहार्यता अझै नसकिएको बताउनुभएको हो ।

“हामीले पनि विगतमा एक्लै लड्दा बहुमत ल्याउन सकेनौँ, अहिलेको अवस्थामा कसैले पनि बहुमत ल्याउन सक्दैन”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले पनि स्थानीय निर्वाचनमा वर्तमान सत्ता साझेदारको गठबन्धनलाई एकसाथ लिएर जानुपर्छ, यो नेपाली कांग्रेसका लागि पनि आवश्यक छ ।”

गठबन्धनमा समस्याहरु हुन्छन् भन्दै उहाँले गठबन्धनमा पारस्परिक विश्वास कायम गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सत्ता साझेदार दलको सहयोग लिएर नै सरकारले धेरै काम गरेको भन्दै गठबन्धनलाई कसैले नचिढ्याउन आग्रह गर्नुभयो । 

उहाँले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लाई पनि नचिढ्याउन आग्रह गर्दै एमालेलाई कम आँक्न नसकिने बताउनुभयो ।सबै दलहरुको सहयोगले अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको भन्दै प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासमा अनुदानमा आएको पैसाको सदुपयोग गर्न सके भोलिका दिनमा पनि सहयोग प्राप्त हुँदै जाने बताउनुभयो । मुलुकको विकासले रोजगारी बढ्ने उहाँको भनाइ थियो ।

नेपालसँग छिमेकी मुलुकहरु भारत र चीनसँग राम्रो सम्बन्ध रहेको चर्चा गर्दै उहाँले राष्ट्रिय आवश्यकताका आधारमा सबै मुलुकसँग सहयोग लिनुपर्ने बताउनुभयो ।