२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयर ईन्डियाको बिमान मार्फत स्वदेश फर्किदै सन्दीप



अ+ अ-

काठमाडौं । नेपालका युवा क्रीकेटर सन्दीप लामिछाने आज स्वदेश फर्किदै छन् । भारतका जारी ईन्डियन प्रिमियर लिग (आईपिएल) मा उनि आबद्ध टोली दिल्ली क्यापिटल्स लिगबाट बाहिरिएसँगै उनि नेपाल फर्किने भएका हुन् ।

शुक्रबार भएको दोस्रो क्वालिफायर खेलमा उनको टिम दिल्ली चेन्नई सुपर किग्ससगँ ६ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिएको थियो ।

नेपाली राष्टिय टिमका टेक्निकल म्यानेजर तथा सन्दीपको ब्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीका अनुसार सन्दीप आज दिउँसो एयर ईन्डियाको बिमान मार्फत २ः३५ मा त्रिभुवन विमानस्थल आईपुग्ने छन् ।

यो सिजन ६ खेलमा आठ विकेट लिएका सन्दिपले खेलको अन्तिम खेलमा निकै महंगो बनेको थिए । आइपीएलमा पहिलो पटक सन्दीपले पुरै चार ओभर बलिङ गर्न पाएनन् । उनले यो सिजनमा क्रिस गेल, लोकेश राहुल, मोयन अली, सरफराज खान, साम कुरान जस्ता खेलाडीको विकेट लिएका थिए ।

गत सिजनमा आईपीएलमा डेव्यु गरेको सन्दीपले यस पटक चाडैंनै मौका पाएका थिए । २०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दीपले सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए ।

उनी यसपटक जेठ १ गतेबाट काठमाडौंमा हुने प्रधानमन्त्री कप एकदिवसिय राष्टिय क्रीकेट प्रतियोगितामा सहभागिता जनाउन सक्छ्न् । जसको आधिकारिक पुष्टि भने भएको छैन् ।