६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल फाइनल आज : मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा, कसले जित्ला उपाधि ?



अ+ अ-

काठमाडौं । १२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध खेल्ने भएको छ ।

हैदरावादमा हुने खेलमा उपाधिका लागि यी दुई टिमले नेपाली समय अनुसार बेलुकाको ७ बजेर ४५ प्रतिस्पर्धा गर्दैछ । अहिलेसम्म यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक उपाधि जितेका छन् ।

मुम्बईले चेन्नईलाई पहिलो क्वालिफायरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने चेन्नईले दोस्रो क्वालियफायरमा दिल्ली क्यापिटल्सलाई निराश बनाउँदै फाइनलमा पुनः मुम्बईसँगको भेट पक्का गरेको हो ।

समग्रमा दुवै टिमले तीन तीन पटक उपाधिको स्वाद पनि चाखिसकेका छन् । चेनाईले सर्वाधिक ८ पटक फाइनल खेल्दैछ भने मुम्बईले यस संस्करण सहित पाँचौ पटक फाइनल खेल्न लागेको हो । विगतको आंकडा हेर्दा चेन्नाईको पक्षमा बलियो देखिए पनि जारी सिजनमा भने मुम्बईले नै चेन्नाईलाई पछि पारेको छ ।

चेन्नईले २०१० र २०११ मा लगातार दुई पटक उपाधि जितेको थियो भने त्यसपछि उपाधि जित्न २०१८ कुर्नु परेको थियो । उता मुम्बईले पहिलो उपाधिको स्वाद भने पहिलो पटक २०१३ मा चाखेको थियो भने १५ र १७ मा गरि तेस्रो पटक उपाधि जितेको थियो ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।

लिग चरण र प्लेअफको हारको बदला फाइनलमा चेन्नाई लिन सक्ने छ । मुम्बईका रोहित शर्मा, हार्दिक पाण्ड्या, सूर्य कुमार यादव, क्वीन्टन डि कक, किरन पोलार्ड र जसप्रित बुमराह जारी प्रतियोगितामा फर्ममा रहेका छन् ।

चेन्नाईका लागि भारतीय टिमका पूर्व कप्तान समेत रहेका धोनीको म्याच फिनिसरको भूमिका अविष्मरणीय हुने छ । यसैगरी सुरेश रैना, फाफ डू प्लेसिस, शेन वाट्सन, ड्वान ब्राभो, हरभजन सिंह, इमरान ताहिरले पनि जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

मुम्बईमा युवा खेलाडीहरुको बाहुल्यता रहेकोमा चेन्नाई भने अनुभवि खेलाडीको समिश्रणमा रहेको छ । जसमा भारतीय टिमका पूर्व कप्तान समेत रहेका धोनीको म्याच फिनिसरको भूमिका अविष्मरणीय हुने छ ।