२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग ऊर्जा क्षेत्रमा ‘लाइसेन्स राज’ अन्त्य गर्ने सरकारको घोषणा, निर्माण नगर्ने प्रवृत्तिमा कठोर हुने चेतावनी सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्कीदप्की गरे, यस सम्बन्धमा रक्षामन्त्रीको जवाफ चाहियोः हर्कराज राई अर्थमन्त्रीले धम्की दिएको अभिव्यक्तिले लेखा समितिमा हंगामाः सत्तापक्ष र प्रतिपक्षबीच के भयो ? ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत गृहमन्त्री पुनः नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति, सुशासनमाथि प्रश्न प्रदेश र स्थानीय सरकारलाई पुँजीगत खर्चको १ प्रतिशत विज्ञान तथा नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह तथ्यांकमा विश्वकपः को कति सफल ? कसले कति खेले, कति जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल फाइनल आज : मुम्बई र चेन्नईबीच प्रतिस्पर्धा, कसले जित्ला उपाधि ?



अ+ अ-

काठमाडौं । १२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध खेल्ने भएको छ ।

हैदरावादमा हुने खेलमा उपाधिका लागि यी दुई टिमले नेपाली समय अनुसार बेलुकाको ७ बजेर ४५ प्रतिस्पर्धा गर्दैछ । अहिलेसम्म यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक उपाधि जितेका छन् ।

मुम्बईले चेन्नईलाई पहिलो क्वालिफायरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने चेन्नईले दोस्रो क्वालियफायरमा दिल्ली क्यापिटल्सलाई निराश बनाउँदै फाइनलमा पुनः मुम्बईसँगको भेट पक्का गरेको हो ।

समग्रमा दुवै टिमले तीन तीन पटक उपाधिको स्वाद पनि चाखिसकेका छन् । चेनाईले सर्वाधिक ८ पटक फाइनल खेल्दैछ भने मुम्बईले यस संस्करण सहित पाँचौ पटक फाइनल खेल्न लागेको हो । विगतको आंकडा हेर्दा चेन्नाईको पक्षमा बलियो देखिए पनि जारी सिजनमा भने मुम्बईले नै चेन्नाईलाई पछि पारेको छ ।

चेन्नईले २०१० र २०११ मा लगातार दुई पटक उपाधि जितेको थियो भने त्यसपछि उपाधि जित्न २०१८ कुर्नु परेको थियो । उता मुम्बईले पहिलो उपाधिको स्वाद भने पहिलो पटक २०१३ मा चाखेको थियो भने १५ र १७ मा गरि तेस्रो पटक उपाधि जितेको थियो ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।

लिग चरण र प्लेअफको हारको बदला फाइनलमा चेन्नाई लिन सक्ने छ । मुम्बईका रोहित शर्मा, हार्दिक पाण्ड्या, सूर्य कुमार यादव, क्वीन्टन डि कक, किरन पोलार्ड र जसप्रित बुमराह जारी प्रतियोगितामा फर्ममा रहेका छन् ।

चेन्नाईका लागि भारतीय टिमका पूर्व कप्तान समेत रहेका धोनीको म्याच फिनिसरको भूमिका अविष्मरणीय हुने छ । यसैगरी सुरेश रैना, फाफ डू प्लेसिस, शेन वाट्सन, ड्वान ब्राभो, हरभजन सिंह, इमरान ताहिरले पनि जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

मुम्बईमा युवा खेलाडीहरुको बाहुल्यता रहेकोमा चेन्नाई भने अनुभवि खेलाडीको समिश्रणमा रहेको छ । जसमा भारतीय टिमका पूर्व कप्तान समेत रहेका धोनीको म्याच फिनिसरको भूमिका अविष्मरणीय हुने छ ।




भर्खरै