३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चुनावको प्रभाव नेपाली भान्छामा



अ+ अ-

काठमाडौं । भारतमा जारी लोकसभाको चुनावको प्रभाव नेपालको भान्सासम्म परेको छ । विभिन्न राज्यमा छुट्टाछुट्टै भएको चुनाका लागि नेपाल–भारतबीचको नाका बन्दा हुँदा तरकारी आयात रोकिएकाले तरकारीको मूल्य शतप्रतिशतदेखि १५८ प्रतिशतसम्मले बढेको हो ।

भारतीय बजारबाट ल्याइने स्याउलगायतका फलफूलको मूल्यसमेत आकासिएको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको आइतबारको मूल्यसूचीअनुसार भान्साको अनिवार्य उपज गोलभेडा (ठूलो) को थोक मूल्य नै प्रतिकिलो ९५ देखि १०० रुपैयाँसम्म छ भने सानो गोलभेडाको थोक मूल्य ८५ देखि ९० रुपैयाँ प्रतिकिलोसम्म रहेको कारोबार दैनिकमा खबर प्रकाशित छ ।