१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्परागत सोचका कारण एक महिनासम्म सुत्केरी गोठमै



अ+ अ-

बाजुरा । जिल्लाकी एक सुत्केरीलाई एक महिनाअघिबाट गोठमै राखिएको छ । सुत्केरीलाइ घरभित्र राख्नुहुन्न भन्ने परमपरागत सोचका कारण जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–५ की धर्मा बुढा सुत्केरी भएको समयमा पनि गोठमा बस्न बाध्य छिन् । उनलाइ परिवारकै सदस्यहरुले त्यहा राखेका हुन् । दिउँसै अँध्यारो गोठ निहुरिएर भित्र पस्नुपर्ने अवस्थाको छ । गोठमा झ्याल छैन, सानो दुलोजस्तो ढोका छ ।

एकातिर गोरु छन् भने अर्कोतिर कुखुराको खोर छ । त्यहीँ उनी नवजात शिशुलाई लिएर बस्दै आएकी छिन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।