२ भाद्र २०८३, मंगलवार
,
Latest
केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यान बार्सिलोना जाने सम्भावना, एथ्लेटिको मड्रिड छोड्ने



अ+ अ-

काठमाडौं । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले क्लब छाड्ने घोषणा गरेका छन् । उनले समाजिक सञ्जाल ट्वीटरमा भिडियो पोस्ट गरेर भनेका छन्, ‘यो क्लबमा बिताएका पाँच वर्ष उत्कृष्ट रहे । सबथोकका लागि धन्यबाद ।’

उनले आफ्ना समर्थकहरुलाई अहिलेको लागि एथ्लेटिको मड्रिड छाड्ने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘मलाई जहिले असीमित माया दिएका समर्थकहरुलाई यो जानकारी दिन चाहन्छु कि अहिलेका लागि यो क्लब छोड्दैछु, अरु चिजहरु हेर्नका लागि र अरु चुनातीहरु सामना गर्नका लागि ।’

ग्रिजमनले एथ्लेटि छाड्ने भएसँगै बार्सिलपोनाले जाने सम्भावना रहेको छ । उनलाई बार्सिलोनाले अनुबन्धन गर्ने प्रस्ताव अगाडी सारेको छ । एटलेटिकोले बार्सिलोनाको प्रस्ताव स्वीकार गरे २८ वर्षीय ग्रिजमन १ जुलाईमा बार्सिलोना प्रस्थान गर्नेछन् ।

ग्रिजम्यानलाई भित्र्याउनका लागि बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई कम्तिमा १२० मिलियन युरो तिर्नु पर्छ । उनलाई गत सिजन पनि बार्सिलोनाले अनुबन्ध गर्ने प्रयास गरेको थियो ।

ग्रिजम्यानले अहिलेसम्म एथ्लेटिकोका लागि २५६ खेलमा १३३ गोल गरेका छन् । यो अवधिमा उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपरकप जितेका छन् । उनी पछिल्ला पाँच सिजन क्लबका सर्वाधिक गोलकर्ता हुन् ।