१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीमा डेढ दशक लामो मर्केल युगको अन्त्य



अ+ अ-

जर्मनीमा १६ वर्षपछि एन्जेला मर्केलको युग समाप्त भएको छ । अहिले ओलाफ शुल्ट्जले जर्मनीको नयाँ चान्सलरका रूपमा देशको नेतृत्व गर्नुभएको छ । सन् २००५ मा तत्कालीन चान्सलर हेल्मुट कोलमाथि धेरै गम्भीर आरोप लाग्दा मर्केलले जर्मनीको नेतृत्व गर्नुभएको थियो । त्यतिबेला हेल्मुट कोलले एन्जेला मर्केलको हातमा देशको कमाण्ड सुम्पिनुभएको थियो ।

मर्केललाई राजनीतिमा नयाँ पहिचान दिनमा पनि हेल्मुट कोलको हात थियो । मर्केललाई आफ्नो सरकारमा सबैभन्दा कनिष्ठ मन्त्रीका रूपमा समावेश गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो । त्यसपछि मर्केलले लगातार राजनीतिक खुड्किला चढ्दै जानुभयो । हेल्मुट कोल आरोपले घेरिएपछि मर्केललाई उहाँको पार्टी क्रिस्चियन डेमोक्र्याटिक युनियन (CDU) को नेता चुनिएको थियो। मर्केलले जर्मनीलाई खराब समयबाट मात्रै निकाल्नुभएन, विश्वव्यापी मञ्चमा नयाँ पहिचान पनि दिनुभयो ।

आफ्नो कार्यकालमा उहाँले शरणार्थीका लागि ढोका खोलिदिनुभयो । जर्मनीले सिरियासहित विश्वभरबाट सबैभन्दा धेरै शरणार्थीहरूलाई शरण दिएको थियो। इरानसँगको आणविक सम्झौता होस् वा जलवायु परिवर्तन वा अन्य विश्वव्यापी मुद्दाहरूमा उठाइएका कदमहरू, मर्केलले आफ्नो भूमिका र महत्त्व सबैमा प्रमाणित गरिसक्नुभएको छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट बाहिरिने घोषणा गर्दा ट्रम्पलाई त्यसो नगर्न सल्लाह दिने मर्केल मात्रै हुनुहुन्थ्यो । यद्यपि ट्रम्पले उहाँको कुरा सुन्नुभएन र आफूलाई सम्झौताबाट टाढा राख्नुभयो ।

मर्केलको १६ वर्षको कार्यकाल उत्कृष्ट रह्यो र यस अवधिमा जर्मनीले पनि धेरै प्रगति गरेको थियो । जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो। यस अर्थमा पनि जर्मनी र यसको चान्सलरको राजनीतिक कद निकै ठूलो छ । यो आफ्नो अन्तिम राजनीतिक पारी हो भनेर मर्केलले पहिले नै घोषणा गरिसक्नुभएको थियो । ६७ वर्षकी मर्केलका कुनै सन्तान छैनन र उहाँ घुम्न निकै मन पराउनुहुन्छ ।

अब चान्सलर ओलाफ शुल्ट्जले आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ। शुल्ट्ज यसअघि देशको अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँ देशको नवौं र एसडीपी पार्टीको चौथो चान्सलर हुनुहुन्छ । यसबाहेक शुल्ट्ज ह्याम्बर्गको मेयर पनि बनिसक्नुभएको छ । उहाँको सरकारमा दोस्रो उच्च कद रोबर्ट हबेकको छ, जसलाई डेपुटी चान्सलर बनाइएको छ। यसबाहेक उहाँलाई अर्थ तथा जलवायु संरक्षणमन्त्रीको जिम्मेवारी पनि दिइएको छ । साथै क्रिस्टियन लिन्डनरलाई अर्थमन्त्री, अन्नालेना बेरबाचलाई विदेशमन्त्री, न्यान्सी फासरलाई गृहमन्त्री र क्रिस्टिन ल्याम्ब्रेटलाई रक्षामन्त्री बनाइएको छ ।