• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ? ★   रूग्ण उद्योग पुन:सञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँ: प्रधानमन्त्री ★   मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँला: माधवकुमार नेपाल

संसदीय समितिमा उपस्थित नै हुँदैनन् शीर्ष नेता



काठमाडौं । काठमाडौं संसदीय समितिको बुधबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक देखिए। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सदस्यसमेत रहेका देउवा खानेपानी मन्त्रालको आगामी वर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमसम्बन्धमा भएको छलफल सकिएलगत्तै बैठकबाट बाहिरिए। छलफलमा देउवाले भनाइ राखेनन्।

बुधबार विकास समितिको ३५औँ बैठक थियो। २५ वटा बैठकसम्म निरन्तर अनुपस्थित भएपछि एक महिनाअघि समितिकी सभापति कल्याणी खड्काले देउवालाई उपस्थितिका लागि पत्र पठाएकी थिइन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राज्य व्यवस्था समितिका सदस्य हुन् तर उनी सुरुतिरका दुई बैठकमा मात्रै उपस्थित भए पनि पछिका बैठकमा उपस्थित भएका छैनन्।

सभापति शशी श्रेष्ठले समितिको बैठकमा अनुपस्थित भए पनि दाहालले आफूलाई जानकारी गराउने गरेको बताइन्। समितिमा शीर्ष नेतामात्र होइन, अन्य सदस्य पनि अनुपस्थित भएर धेरैपटक कोरम नपुग्ने समस्या आउने गरेको छ। प्रतिनिधिसभाको नियमावलीको नियम १८० मा लगातार पाँचवटा बैठकमा सभापतिको अनुमतिबिना अनुपस्थित रहने सदस्यलाई सभापतिको सिफारिसमा सभामुखले समितिबाट हटाउनसक्ने व्यवस्था छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।