१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक वनमा डेढ करोड भ्रष्टाचार



अ+ अ-

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–२ स्थित ब्रह्म सामुदायिक वनमा वनकै कर्मचारी, स्थानीय अगुवा र उपभोक्ता मिलेर डेढ करोड भ्रष्टाचार गरेको भेटिएको छ । अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन कर्मचारी, उपभोक्ता समूहका पदाधिकारी, ठेकेदार तथा स्थानीय अगुवासहित २० जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हावाहुरीले रूख ढलेको नक्कली प्रतिवेदन बनाई करिब चार सय ७० वटा सालका रूख काटेर बिक्री गरेको भेटिएको अख्तियारले जनाएको छ । अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वन कार्यालयको आदेश लिएर दुई सय ६२ वटा तथा आदेश नलिई थप दुई सय आठवटा सालका रूख काटिएको थियो । जिल्ला दैवीप्रकोप समितिले समेत रूख ढलेको पत्र लेखेको थियो । जब कि छानबिनमा हावाहुरीले कुनै रूख नढलेको पुष्टि भएको प्रवक्ता कोइरालाले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।