५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा बस खस्दा पाँच जनाको मृत्यु, तीनजनाको पहिचान खुल्यो (अपडेट)



अ+ अ-

काठमाडौं । धादिङको गजुरी गाउँपालिकास्थित बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ५ जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार हालसम्म एक जना महिला र चार जना पुरुषको ज्यान गएको पुष्टि भएको छ ।

ज्यान गुमाउनेमध्ये तीन जनाको पहिचान खुलेको छ । ज्यान गुमाउने काठमाडौं चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य २ जनाको सनाखत भएको छैन ।

झापाको काकडभिट्टाबाट काठमाडौंका आउदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशुलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय घादिङकाअनुसार दुर्घटनामा २९ जना घाइते भएका छन्। घाइतमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। बसमा कतिजना सवार थिए भन्ने पनि अहिलेसम्म खुल्न सकेको छैन ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासीन्दाले उनीहरुको उद्धार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमराज घिमिरेले जानाकारी दिए । दुर्घटनाको कारण खुलेको छैन ।