२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारबाहीबाट उम्कन न्यायाधीश उपाध्यायले दिए राजीनामा



अ+ अ-

काठमाडौं । शैक्षिक प्रमाणपत्र शंकास्पद देखिएपछि छानबिनको घेरामा रहेका तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्यायले राजीनामा दिएका छन् । चार महिनादेखि कामविहीन भएका न्यायाधीश उपाध्यायले कारबाहीबाट बच्न सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

न्यायपरिषद्ले उनको शैक्षिक प्रमाणपत्र शंकास्पद देखिएपछि १ असार २०७५ मा काठमाडौं झिकाएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्चमा पदबहाली गरेलगत्तै उपाध्यायले उनका विवादित फैसला र शैक्षिक प्रमाणपत्रका विषयमा छानबिनका लागि न्यायपरिषद् झिकाइएको थियो । एक दर्जनभन्दा बढी जिल्लामा न्यायाधीश भएका उपाध्यायले गरेका अधिकांश न्याय सम्पादनमा गम्भीर त्रुटि देखिएपछि उनका विषयमा उजुरी परेको थियो ।

स्नातकको प्र्रमाणपत्र पेस नै नगरी न्याय सेवामा प्रवेश गरेका उनको विषयमा न्यायपरिषद्ले छानबिन थालेको थियो । न्यायिक कार्यमा विचलन देखिएको प्रारम्भिक निष्कर्ष निकाल्दै उनीविरुद्ध परेको उजुरीका आधारमा परिषद्ले उनलाई तानेको थियो । उपाध्यायलाई परिषद्मा झिकाएर सचेतसमेत गराइएको थियो । तर, उनले आफ्नो आचरण सुधार नगरेपछि काजमा न्यायपरिषद्ले तानेको थियो । उनले न्यायाधीश भएपछि स्नातकको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि बुझाएका थिएनन् । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।