३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

बार्सिलोना बराबरीमा रोकियो, मेस्सीको २ मिनेटमा २ गोल

बार्सिलोना बराबरीमा रोकियो, मेस्सीको २ मिनेटमा २ गोल
अ+ अ-

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत अन्तिम खेलमा बार्सिलोना एइबारसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको एइबारको घरेलु मैदानमा भएको खेलमा २-२ को बराबरीमा रोकिएको हो ।

दुवै टोलीले खेलको पहिलो हाफमा नै गोल गरेका थिए । बार्सिलोनाको लागि कप्तान मेस्सीले दुई गोल नै गरे भने एइबारको लागि मार्क कुकुरेल्ला र पाब्लो डे ब्लासिसले गोल गरे ।

खेलको २० औं मिनेटमा कुकुरेल्लाले सर्जी एन्रीचको पासमा गोल गर्दै एइबारलाई अग्रता दिलाएका थिए । तर मेसीले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । मेसीले ३१ औं र ३३ औं मिनेटमा गोल गरे । ३१ औं मिनेटमा आर्टुरो भिडालको पासमा र ३३ औं मिनेटमा इभान राकीटिचको पासमा गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा पाब्लो डे ब्लासिसले गोल गरेपछि एइबार खेलमा फर्किएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल २-२ कै बराबरीमा सकियो ।

यस नतिजासँगै मेसी लिगको सर्वाधिक गोलकर्ता पनि बनेका छन् । उनले लिगका ३४ खेल खेल्दै ३६ गोल गरे । युरोपेली गोल्डेन बुटमा पनि उनले किलियन एमबाप्पेसँग ४ गोलको अग्रता बनाएका छन् ।

बार्सिलोनाले शीर्षस्थानमा ३८ खेल खेल्दै ८७ अंक जोड्दै लिगको अन्त्य गरेको छ भने दोस्रो स्थानको एटलेटिको ११ अंक पछाडी रहेको छ।