१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काले डाँका : एआइजी/डिआइजीलाई नै बन्धक बनाएर डकैती गर्थे

काले डाँका : एआइजी/डिआइजीलाई नै बन्धक बनाएर डकैती गर्थे
अ अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ का ३३ वर्षीय विष्णु तामाङ सोमबार काठमाडौं टोखा हाइटमा देखिएका थिए।

उनको खोजीमा निस्केको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीसँग जम्काभेट भएपछि तामाङले हतियार देखाएका थिए।

महाशाखाका अनुसार तामाङले थ्री नट थ्री राइफलको गोली जाने ‘होम मेड’ पेस्तोल देखाए। त्यसपछि प्रहरीले तामाङमाथि गोली चलाएको थियो। दाहिने घुँडामा गोली हानेर प्रहरीले तामाङलाई समातेको थियो।

३३ वर्षीय विष्णुलाई अपराधको दुनियाँमा चिनिने नाम भने ‘काले डाँका’ हो । १३ वर्षकै उमेरदेखि अपराधको दुनियाँमा प्रवेश गरेका उनले चोरी तथा डकैतीलाई ‘पेशा’ नै बनाएका थिए ।

उनी प्रहरीको आँखा छल्न अनेक जुक्ति लगाउँथे । एक/दुई दिनको अवधिमा नम्बर प्लेट परिवर्तन गर्दै हिँड्ने भएकाले उनलाई भेट्टाउन प्रहरीलाई पनि गाह्रो हुने गरेको अनुसन्धान अधिकारी बताउँछन् ।

काले आफ्नो समूह लिएर हातहतियारसहित मानिसहरुको घरमा पुग्थे । घरभित्र छिरेपछि उनी पेस्तोल देखाएर परिवारका सदस्यलाई एकठाउँमा थुन्छन् र सुनचाँदी, गरगहना र नगद चारी गर्छन् ।

काले त्यस्ता डाँका हुन्, जसले प्रहरी अधिकारीहरुकै घरलाई समेत निशाना बनाएका छन् । २०६६ साल माघ २७ गते कपनमा भएको लुटपाट घटनाबाट तामाङको आपराधिक गतिविधिको पोल खुलेको। यही साल तामाङले पूर्वएआइजी जयबहादुर चन्दको चपली भद्रकाली र पूर्वडिआइजी विश्वराजसिंह शाहीको बुढानिलकण्ठस्थित घरमा लुटपाट गरेका थिए।

चन्द र शाहीको घरमा लुटपाट मच्चाउँदा तामाङको नाममा ८ वटा मुद्दा दर्ता भइसकेका थिए। आफ्नै घरमा लुटपाट हुन थालेपछि उच्च अधिकारीले चासोसाथ उनको खोजीमा प्रहरी खटाए। तामाङ २०६६ सालमै पक्राउ परे र ६ वर्ष कैद भुक्तान गरी २०७२ असोज ६ गते रिहा भए।

जेलबाट छुटेपछि पनि तामाङले लुटपाट छोडेनन्। छुटेको एक वर्ष नपुग्दै तामाङले शृंखलाबद्ध रुपमा राजधानीमा लुटपाट मच्चाए। केन्द्रीय कारागार, सुन्धाराबाट जेलमुक्त भएका उनले पुनः चोरी धन्दा सुरु गर्न सक्ने अनुसन्धान अधिकारी सशंकित थिए । नभन्दै भइदियो त्यस्तै, पछिल्लो समय काले समूहकै शैलीको चोरी र डकैती काठमाडौं र ललितपुरमा बढेको थियो ।

२०७३ जेठ ३१ गते नागार्जुन नगरपालिका १ की राज्यवति त्रिपाठी र राजेन्द्र अधिकारीको कोठाको ढोका फोडेर ४ लाख ५५ हजार बराबरको धनमाल चोरी गरे।

अनुसन्धान अधिकारीको आशंका उनीमाथि नै थियो । उनी भने उपत्यकामा देखिएनन् । जेलबाट छुटेलगत्तै भारततिर गएको सीडीआरले देखायो । भारतबाट फर्किएपछि भने चोरी डकैतीमा संलग्न भए ।

भारतबाट आएर ७ वटा चोरी तथा डकैती मुद्दामा संलग्न भएको पाइएको प्रहरीले बताएको छ । तर, कहिले जोरपाटी त कहिले कपन र सामाखुशीतिर ठाउँ फेरिफेरि बस्थे ।

तामाङको सम्पर्क सूत्र र धनमाल बेच्ने वा लुकाउने स्थान अहिलेसम्म पत्ता लागेको छैन। काठमाडौं बसेरै लुटपाट मच्चाइरहे पनि उनी बस्ने स्थान प्रहरीले पत्ता लगाउन सकेको छैन। ‘कहिले बौद्ध कहिले रानीबारी कहिले अर्कै ठाउँ बस्छु भनी उनले प्रहरीलाई ढाँटिरहेका छन्,’
अपराध महाशाखाका एसपी सामेन्द्रसिंह राठौरले भने।

प्रहरीको भनाइ अनुसार लुटपाट योजना बनाउँदा तामाङ पैदल हिँड्थे। पैदल यात्राबाट उनी धनाढ्य परिवारका घर पत्ता लगाउँथे र कोही नभएको मौका छोपेर लुटपाट गर्थेर ‘उनले सवारीसाधन लिएर हिँडेको पत्ता लागेको छैन।

धनाढ्य परिवारदेखि प्रहरीका उच्च अधिकारीको घरमा लुटपाट मच्चाउने तामाङको पृष्ठभूमि पत्ता लागेको छैन। उनी कसरी राजधानी छिरे र प्रहरीकै घरमा लुट्न सक्षम भए भन्ने रहस्य पनि प्रहरीले पत्ता लगाउन सकेको छैन।

राठौरले भने, ‘गोली हान्नुअघि सोमबार बिहान पनि उनी पैदल भेटिएका हुन्।’ प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजीपछि गोली हानेर नियन्त्रणमा लिएको राठौर बताउँछन् । उनका अनुसार कालेको साथबाट कट्टा पेस्तोल र ३ नट थ्रीको ५ वटा गोली पनि बरामद भएको छ ।

उनको वीर हस्पिटलमा उपचार भइरहेको छ । उपचारपछि उनमाथि थप अनुसन्धान र बयान लिइने महाशाखाले जनाएको छ ।