१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार विरुद्ध बनाएको छाया सरकार प्रधानमन्त्री विहीन



अ+ अ-

काठमाडौं । सरकारको काम कारबाहीलाई निगरानी गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार छाया सरकारका रुपमा क्रियाशील रही कार्यसम्पादन गर्न २१ वटा मन्त्रालयमा संयोजकसहितको मन्त्रालयस्तरीय समिति गठन गर्नुभएको छ ।

छाया सरकारमा सहभागीलाई मन्त्रीको दर्जा नदिए पनि विधानअनुसार संयोजक भनेर तोकिएको छ । छाया सरकारले मन्त्रालयमा हुने काम कारबाहीको सूक्ष्म रुपमा निगरानी गर्नेछ । कांग्रेसले २१ वटा मन्त्रालयमा छाया सरकारको रुपमा मन्त्रालय स्तरीय समिति गठन गरे पनि छाया प्रधानमन्त्री भने तोकेको छैन । यो समाचार आजको नेपाल समाचारप्रत्र दैनिकमा प्रकाशित छ ।