१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेकजाँच नै नभई यसरी नेपाल भित्रियो एक कन्टेनर सामान



अ+ अ-

बुटवल । भन्सार कर्मचारी, भन्सार राजश्व गस्ती र तस्करको मिलेमत्तोमा बेलहिया नाकाबाट जे पनि भित्र्याउन सम्भव छ भन्ने कुराको उदाहरण मंगलबार भैरहवा नाकामा भएको एउटा घटनाले पुष्टि गरेको छ। भन्सार नाकामा तीन तहको सुरक्षालाइ पार गर्दे बिना भन्सार लाखौं मुल्यका सामान बोकेको कन्टेनर नेपाल भित्रिएपछि त्यस्तो तथ्य उजागर भएको हो।

सोमबार दिउँसो करिब साढे ४ बजेपछि बेलहियाबाट नेपाल पसेको कन्टेनर भन्सारको मुल गेट अगाडी केहीबेर रोकियो। भन्सार यात्रु शाखामा पनि केही बेर रोकिए झै गर्यो। तर त्यहाँका भन्सार कर्मचारी र राजश्व गस्तीले त्यसलाई नदेखेझैं गरे।

कन्टेनर सरासर मुल सडकबाटै भन्सार नपसी करिब १ किलोमिटर भैरहवा तर्फ आएपछि बल्ल नेपाल प्रहरीको नजरमा पर्यो। जि.जे ०६ ए.जेड ६३५९ नम्बरको मालबाहक कन्टेनरलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको कन्टेरमा भारतीय युनिचार्म कम्पनीका सयौं काटुर्न डाइपर छन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।