१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

नयाँ प्रविधि सिक्दै राउटे

नयाँ प्रविधि सिक्दै राउटे
अ अ+ अ-

दुल्लु । राउटे महामुखिया महिनबहादुर शाहीका छोरा शिवराज शाही ३१ वर्षका भए । उनीसँग कोसी, आरीखाट, मधुस बनाउने निखारिएको सीप छ । उनले यो सीप आफ्ना पुर्खाबाटै सिकेका हुन् ।

मुखिया वीरबहादुर शाहीका छोरा बिर्खबहादुर शाही उमेरले सानै छन् तर, उनीसँग काठबाट विभिन्न सामग्री बनाउने गज्जबको कला छ । उनले पनि यो सीप बुबाबाटै सिकेका हुन् । राउटे युवा हिमराज शाही जङ्गलका कुकाठबाट आकर्षक भाँडाकुँडा बनाउँछन् । यी तीन युवा मात्र नभई नेपालको भ्रमणशील एक मात्र समुदाय राउटे जातिका पुरुषसँग काठका सामग्री बनाउने अब्बल कला छ । उनीहरुसँग भएको सीप परम्परागत हो ।

उनीहरु तीन हतियार–बन्चरो, बाँसुल्लो र छिनोले काठका भाँडाकुँडा बनाउने गर्थे । समुदायको परम्परागत सीप र व्यवसायको संरक्षण गर्दै आधुनिक औजारद्वारा काठका सामग्री बनाउने तालीम राउटे युवालाई प्रदान गरिएको छ । काठका भाँडाकुँडा बनाउने तालीम दिएमा जीविकोपार्जनमा सहज हुने बताउँदै आएको समुदायका १३ युवालाई तालीम दिइएको हो । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनीखोला किनारमा बसोबास गर्दै आएका राउटे युवा दैलेखको डुङ्गेश्वर गाउँपालिकामा आइपुगेका छन् । उनीहरु तालीम लिनकै लागि दैलेख आएका हुन् ।

गुराँस गाउँपालिका र डिभिजन वन कार्यालय दैलेखसँगको समन्वयमा सोसेक दैलेखद्वारा आयोजित तालीममा राउटे युवाले उत्साही भएर नयाँ प्रविधि सिकिरहेका छन् । उनीहरुलाई प्रशिक्षक झलककुमार विक र शेरबहादुर बयलकोटीले तालीम सिकाइरहनुभएको छ । “हामीले कहिल्यै पनि आरा, रन्दा प्रयोग गरेनाँै”, तालीम सिक्दै गरेका राउटे युवा शिवराज शाहीले भने, “बन्चरोले काठ काट्दा धेरैजसो काठ खेर जान्थ्यो, आरा प्रयोग गर्दा काठ खेर नजाँदोरहेछ ।” नयाँ प्रविधिले काठका भाँडाकुँडा र सामग्री बनाउँदा अझ राम्रो हुने र फाइदा पनि हुने शाहीले बताए । थप तालीम पनि आवश्यक पर्ने उनको भनाइ छ ।

प्रशिक्षक विकले राउटे युवामा नयाँ प्रविधिको तालीम सिक्ने इच्छा धेरै भएको बताउनुभयो । “भर्खरका युवालाई सिक्ने तीव्र चाहना छ”, प्रशिक्षक विकले भन्नुभयो, “राउटेले बनाउने सामानको पहिचान जोगाउँदै नयाँ प्रविधिको सीप सिकाइरहेका छौँ ।” फलामको किलाबाट सामान जोड्न सिक्न चाहे त्यसैअनुसार सिकाउने नचाहे काठकै किला प्रयोग गरेर सिकाउने उहाँको भनाइ छ ।

“उनीहरुले एउटा मुढाबाट तीन फट्टा निकाल्छौँ भनेका थिए, हामीले त्यहीबाट १६ देखि २० फट्टा निकाल्छौँ भन्दा अचम्म मानेर सिकिरहेका छन्”, विकले भन्नुभयो । विगत नौ महीनादेखि राउटे समुदायको सशक्तिकरण र समुदायमा भएका नराम्रा व्यवहारलाई सुधार गर्दै समुदायको जीविकोपार्जनका लागि काम गर्दै आएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले काठहरु धेरै खेर जाने, वनजङ्गल धेरै नासिने भएकाले आधुनिक प्रविधिको तालीम प्रदान गरेर एउटा रुखबाट धेरैभन्दा धेरै काठ प्रयोगमा ल्याउने उद्देश्यले तालीम प्रदान गरिएको बताउनुभयो ।

राउटेको मौलिकतालाई ख्याल गरेर तालीम सञ्चालन गरिएको उहाँको भनाइ छ । बन्चरो, बाँसुल्लो र छिनोको प्रयोगबाट काठका भाँडाकुँडा बनाउँदै आएका उनीहरु आरा, रन्दालगायतका औजारबाट काठ काट्न सिकिरहेका छन् । राउटे आराद्वारा काठ चिर्ने, टुक्रा पार्ने, रन्दा लगाउने सीप सिकिरहेका छन् । उनीहरुलाई एकहप्ते तालीम अवधिभर किला ठोक्न पनि सिकाइनेछ । समय परिवर्तनसँगै राउटेले तालीमसँगै अन्य कुरालाई स्वीकार गर्न थालेका छन् । दैलेख, सुर्खेत, सल्यान, दाङलगायतका कर्णालीका जिल्लामा डुल्ने र अस्थायी बसोबास गर्ने गरेका फिरन्ते राउटे समुदायको अहिले १४६ जनसङ्ख्या छ ।