२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथाको चुचुरो नाप्न गएका सरकारी टोली आधा घन्टामै फर्कियो



अ+ अ-

काठमाडौं । पहिलो पटक सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली चुचुरोमा पुगेको छ।

नापी विभागका अधिकारीहरू बुधबार बिहान तीन बजेतिर सगरमाथाको चुचुरोमा पुगेका हुन्।

विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका छन्।

उनले भने, ‘टोली आइतबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको हामीलाई खबर आएको छ, टोली अहिले फर्किँदैछ।’ नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापनका लागि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाएको थियो।

सगरमाथाको उचाइ मापन गर्न नापी विभागका तालिम प्राप्त प्राविधिक कर्मचारीहरूगत चैत २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा कर्मचारीहरूले पर्वतारोहणसम्बन्धी तालिम लिएका थिए।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रवीन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन्। टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ।


जसमध्ये प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुगेका हुन्।

सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले बेस क्याम्पमा बसेर डाटा संकलनमा सहयोग गरेका छन्।

चुचुरोमा जाने टोलीले आफूसँग एउटा मेसिन पनि लिएका थिए। ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसभर नामको उक्त मेसिनले सगरमाथाको चुचुरोमा स्याटेलाइटले पठाएका डाटाहरू संकलन गरेको छ।

सगरमाथामा तापक्रम र आद्रता र गुरूत्वाकर्षणजस्ता मौसमी तथ्यांक पनि संकलन गरिएको छ।

नापका लागि पाँचजना गाइडहरू खटाइएको छ। पिक प्रमोशन प्रालिमार्फत छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्‍याउन मद्दत गरेका थिए। आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गरेका छन्।