१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

निर्वाचनको नतिजा नआउदै भारतमा घट्यो यस्तो घटना, उच्च सुरक्षा सतर्कता अपनाइयो

निर्वाचनको नतिजा नआउदै भारतमा घट्यो यस्तो घटना, उच्च सुरक्षा सतर्कता अपनाइयो
अ अ+ अ-

नयाँ दिल्ली । निर्वाचनको नतिजा आउनु १ दिन अघि बुधबार भारतको अरुणाञ्चलमा भोटिङ मेसिन लुटिएको छ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सको अनुसार अरुणाञ्चल प्रदेशको कुरुङ्ग कुमे जिल्लामा बुधवार साँझ ५०० भन्दा धेरै नकावधारीहरुको हुलले एक पोलिङ्ग टीममाथि हमला गरेर ईवीएम लुटेर लगेका हुन् ।

मीडिया रिपोर्ट्सका अनुसार साँझ करिब ५ बजे नेशनल पिपुल्स पार्टीका करिब ५०० समर्थकहरुले एके-४७ राइफलहरु, डण्डा र बन्दूकहरुको साथमा लांगबांग इलाका नजिक ती अधिकारीहरु माथि हमला गरेका हुन् । उनीहरुले पहिले टीमका सदस्यहरुलाई धम्काए र फेरि उनीहरुको साथबाट मौजूद ईवीएम र अन्य सामान खोसे । यसै समयमा उनीहरुले केही राउण्ड हवाई फायरिङ्ग समेत गरेका थिए । तर यसमा कुनै मानवीय क्षति भने भएन ।

गएको आइतबार सकिएको सत्रौं लोकसभा निर्वाचनको मतगणना आज (बिहीबार) विहान ८ बजेदेखि हरेक प्रदेशहरुमा सुरु हुँदैछ । लोकसभाको चुनाव ११ अप्रिलदेखि १९ मेसम्म ७ चरणमा सम्पन्न भएको थियो ।

हिंसाको आशंकाका कारण भारतको गृह मन्त्रालयले सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । मतगणनालाई मध्येनजर गर्दै केन्द्रले सबै राज्यहरुसँग काउन्टिङ्ग स्थल र ईवीएम स्ट्रङ्न्ग रूम्सको सुरक्षा बढाउनको लागि पर्याप्त कदम उठान आग्रह गरेको छ ।

हिंसा आशंकाका कारण सबै राज्यका मुख्य सचिव र प्रहरी प्रमुखलाई सचेत गराइसकेको छ । गृह मन्त्रालयले राज्य र केन्द्रशासित प्रदेशले कानून र व्यवस्थालाई शान्त बनाइ राख्न आदेश पनि दिएको छ । राज्य र केन्द्रशासित प्रदेशहरुबाट स्ट्रङ्ग रूम्स तथा काउन्टिङ्ग सेन्टरहरुको सुरक्षा बढाउनको लागि पर्याप्त कदम उठाउनको लागि आग्रह गरिएको छ ।