१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

मोदी र गान्धीको अग्नी परिक्षा आज सकिदै, सरकार कसले बनाउनेछ

मोदी र गान्धीको अग्नी परिक्षा आज सकिदै, सरकार कसले बनाउनेछ
अ अ+ अ-

काठमाडौं । आज विहिबार विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको भावि सरकार कसले बनाउनेछ तय हुदैंछ । भारतका ९० करोड मतदातामध्य ६० करोडभन्दा बढीले चुनावमा सहभागीता जनाएका थिए । तिनले हालेको मत भोटिङ मेसिनमा सुरक्षित रहेकोमा आज परिणाम सार्वजनिक हुनेछ ।

सन् २०१९ को भारतीय लोकसभा चुनाव अन्तर्गत ५४२ संसदीय सिटमा भएको मतदानको गन्ती विहिबार भारतीय समय अनुसार विहान ८ बजेबाट सुरु हुदैंछ ।

यस पटक इलोक्ट्रोनिक भोटिंग मेसिन(ईभीएम) गणनालाई ‘भोटर–भेरिफाइड पेपर अडिट ट्रेल९भीभीप्याट०’सँग मिलाएर गर्न लागिएकाले सम्पूर्ण परिणाम आउन समय लाग्ने छ । तर पनि साँझसम्म परिणाम आउने सम्भावना छ ।

मत परिणाम सार्वजनिक भएपछि असन्तुष्ट समुहबाट हुन सक्ने हिंसाका लागि भारतको केन्द्रीय गृह मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले भारतका सबै प्रदेशका मुख्य–सचिव र प्रहरी महानिर्देशकलाई विहिबार हिंसा भडकिन सक्ने भन्दै उच्च सतर्क रहन पत्र पठाएको छ ।

सन् २०१९ को लोकसभा चुनाव सात चरणमा ६ हप्तासम्म चलेको थियो । अप्रिल ११ मा पहिलो चरणको मतदान भएर सुरु भएको निर्वाचन मे १९ मा अन्तिम चरणको मतदान भएर निर्वाचन सम्मन्न भयो ।