१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाजपाको ऐतिहासिक जित, मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ ।

बिहान ८ बजेबाट सुरु भएको मतगणनामा मोदीको सत्तारुढ गठबन्धन एनडीएले ५४२ लोकसभा सिटमध्ये एनडिएले ३४३ स्थानमा अगाडि छ । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन यूपीएले एनडीएलाई पछ्याइरहेको छ । यसका ९१ उम्मेदवार विभिन्न क्षेत्रमा अगाडि छन् ।

त्यसैगरी अन्य क्षेत्रीय दलहरुले १०६ सिटमा अग्रता कायम गरेका छन् । लोकसभामा बहुमतका लागि २७२ सिट भए पुग्छ । हालसम्मको अग्रता हेर्दा अर्को पाँच वर्षका लागि मोदी पुनः प्रधानमन्त्री बन्ने पक्का देखिएको छ ।

भाजपा कार्यकर्ताले देशभर खुसी मनाइरहेका छन् ।

चुनावी परिणामबारे कंग्रेस अध्यक्ष राहुल गान्धीले यसबारे केही बोलेका छैनन् । सन् २०१४ को निर्वाचनमा भाजपा एक्लैले २ सय ८२ सिटमा जित हासिल गरेको थियो । यस पटक त्यस भन्दा पनि बढी सिटमा अग्रता लिएको छ ।