२८ कार्तिक २०८१, बुधबार
,
Latest
आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन प्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी पर्वतीय मुलुकका नागिरकले भोगेको समस्या प्राकृतिक स्रोत दोहन गरेर धनी भएका मुलुकका कारण: राष्ट्रपति पौडेल ‘कंगुवा’ नेपालमा रिलिज नहुने ताजकिस्तानसँग भिड्दै नेपाल किएभमा रूसी क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि देशभर सावधानी अपनाइँदै इमान र निष्ठामाथि धावा बोल्नेबिरुद्ध कानूनी लडाईं लड्छुः पर्यटनमन्त्री पाण्डे पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीले बुझाए १० बुँदे ज्ञापनपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौँ । ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक र विषयका विज्ञको सहभागिता हुनेछ । संयोजक सुकदेव भट्टराईले वाइडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउँदै भ्रष्टाचारले मुलुकलाई विकास र समृद्धि हुनबाट बाधा पु¥याउने खतरा औँल्याउनुभयो ।

अभियानका सदस्य डा ठाकुरमोहन श्रेष्ठले वाइडबडी भ्रष्टाचार काण्डमा आफूहरुले सत्यतथ्य बाहिर ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै विशेषज्ञहरुको सहयोगबाट प्रतिवेदन सार्वजनिक गरिने बताउनुभयो । नेपालका लागि नेपाली अभियानका बालकृष्ण न्यौपानेले उक्त प्रकरणबारे जनतालाई सत्यतथ्य कुरा पत्ता लगाई थाहा दिलाउने विश्वास व्यक्त गर्नुभयो ।