५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप : राजु शतक बनाउनबाट चुके, कप्तान भण्डारीको अर्धशतकीय पारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीका राजु रिजाल शतक बनाउनबाट चुकेका छन् ।

काठमाडौंको टियु क्रिकेट मैदानमा प्रदेश दुई विरुद्ध उद्घाटन खेलमा ब्याटिङ गरिरेको आर्मीका राजु रिजालले ९० रन बनाएर आउट भए । उनले ९० रन बनाउन १०९ बलको सामना गरि ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, आर्मीका कप्तान विनोद भण्डारीले पनि अर्धशतक बनाएर आउट भएका छन् । विनोदले ६१ बलमा ९ चौका प्रहार गर्दै ६६ रन बनाएर आउट भए ।