५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भारतीय रुपैयाँसहित फेरि समातिए युनुस अन्सारी



अ+ अ-

काठमाडौं । भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा जेल परेर छुटेका युनुस अन्सारी फेरि पक्राउ परेका छन् ।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नेमा युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जना छन् । जनाएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार कतार एयरवेजमार्फत युनुससहित ३ जना काठमाडौं आएका थिए । दुई वटा व्रिफ केशमा रिसिभ गर्न नसरुद्दित उनीहरुलाई पुगेका थिए ।

अन्सारी यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थको कारोबार गरेको आरोपमा पक्राउ परेका थिए ।

अन्सारीमाथि केन्द्रीय कारागारभित्रै भारतीय सार्प सुटरले गोली हानेका थिए । गोली लागि उनी घाइते समेत भएका थिए ।