१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री मोदीले राहुल गान्धीलाई धन्यवाद दिए



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई धन्यवाद दिएका छन् ।

राहुल गान्धीले लोकसभा चुनावमा आफ्नो हार स्वीकार गर्दै प्रधानमन्त्री मोदी र भाजपालाई दिएको बधाई तथा शुभकामना दिइएको टुइटलाई रि–टुइट गर्दै उनले धन्यवाद दिएका हुन् ।

लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टीले स्पष्ट बहुमत निकाल्दै यसअघिको भन्दा पनि ठूलो जीत निकालेको छ । नरेन्द्र मोदी अब पाँच वर्षको लागि फेरि दोस्रो पटक भारतको प्रधानमन्त्री बन्नेछन् ।

भाजपाले राजस्थान, गुजरात, हरियाणा र दिल्लीमा क्लीन स्वीप गरेको छ भने उत्तर प्रदेश, महाराष्ट्र र बिहारमा बहुचर्चित विपक्षी गठबन्धनलाई पराजित गरेको छ ।

चुनावी विजयपछि नरेन्द्र मोदीले दिल्लीमा रहेको भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै यो जित लोकतन्त्रको इतिहासको सबैभन्दा ठूलो घटना भएको बताए ।