५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री मोदीले राहुल गान्धीलाई धन्यवाद दिए



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई धन्यवाद दिएका छन् ।

राहुल गान्धीले लोकसभा चुनावमा आफ्नो हार स्वीकार गर्दै प्रधानमन्त्री मोदी र भाजपालाई दिएको बधाई तथा शुभकामना दिइएको टुइटलाई रि–टुइट गर्दै उनले धन्यवाद दिएका हुन् ।

लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टीले स्पष्ट बहुमत निकाल्दै यसअघिको भन्दा पनि ठूलो जीत निकालेको छ । नरेन्द्र मोदी अब पाँच वर्षको लागि फेरि दोस्रो पटक भारतको प्रधानमन्त्री बन्नेछन् ।

भाजपाले राजस्थान, गुजरात, हरियाणा र दिल्लीमा क्लीन स्वीप गरेको छ भने उत्तर प्रदेश, महाराष्ट्र र बिहारमा बहुचर्चित विपक्षी गठबन्धनलाई पराजित गरेको छ ।

चुनावी विजयपछि नरेन्द्र मोदीले दिल्लीमा रहेको भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै यो जित लोकतन्त्रको इतिहासको सबैभन्दा ठूलो घटना भएको बताए ।