१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

भारतीय कलाकार, केहीलाई जनताले पत्याए

भारतीय कलाकार, केहीलाई जनताले पत्याए
अ अ+ अ-

नयाँ दिल्ली । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् ।

कलाकारको रुपमा जनताको मनमा बस्न सफल भएका कतिपय कलाकार जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही असफल भएका छन् ।

अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी दिएका थिए ।

सनीले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गर्दै विजय भएका छन् । विपक्षी दल कांग्रेसले राम्रो नतिजा ल्याएको सो प्रदेशमा सनी भने भाजपाको तर्फबाट विजयी भएका छन् ।

कुनै समय ‘ड्रिम गर्ल’ उपनाम पाएकी नायिका हेमा मालिनी पनि भारतीय जनता पार्टीबाटै निर्वाचित भइन् । उनी उत्तर प्रदेशको मथुराबाट उम्मेदवार भएकी थिइन् । उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरिन् ।

बलिउडका अर्का चर्चित अभिनेता राज बब्बरको भने पराजय भएको छ । लामो समयदेखि राजनीतिमा सक्रिय उनी कांग्रेसका उत्तर प्रदेश अध्यक्षसमेत हुन् । आगराको फतेहपुर सिक्री क्षेत्रबाट उम्मेदवार भएका उनी भारतीय जनता पार्टीका उम्मेदवार राजकुमार चहरसँग ४ लाख ९५ हजार ६५ मतले पराजित भए ।

यसैगरी कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारी पाएकी बलिउडका चर्चित नायिका उर्मिला मातोंडकर हालै राजनीतिमा प्रवेश गरेकी थिइन् । उनी कांग्रेस पार्टीबाट नर्थ मुम्बई क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी पनि नराम्ररी पराजित भइन् । उनलाई भारतीय जनता पार्टीका गोपाल शेट्टीले ४ लाख ६५ हजार २४७ मतले पराजित गरे ।

भाजपाबाटै चन्डीगढ क्षेत्रबाट उम्मेदवार बनेकी चलचित्र अभिनेत्री किरण खेरले कांग्रेसका वरिष्ठ नेता पवनकुमार बंशललाई ४६ हजार ९७० मतले पराजित गरिन् । अभिनेत्री खेर भारतीय जनता पार्टीबाट निर्वाचित भएकी हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

अभिनेत्री जयाप्रदा हालै भारतीय जनता पार्टीमा प्रवेश गरेकी थिइन् । यसअघि समाजवादी पार्टीमा रहेर राजनीति गर्दै आएकी उनी भारतीय जनता पार्टीबाट रामपुर क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । उनी समाजवादी पार्टीका नेता आजम खानसँग एक लाख ९ हजार ९९७ मतले पराजित भइन् ।

बंगाली अभिनेत्री मुनमुन सेन आसनसोल निर्वाचन क्षेत्रमा चर्चित गायक बाबुल सुप्रियोसँग पराजित भएकी छन् । त्रिणमुल कांग्रेसबाट उम्मेदवार भएकी मुनमुन भारतीय जनता पार्टीका उम्मेदवार सुप्रियोसँग करिब दुई लाख मतले पराजित भएकी हुन् ।

भारतीय जनता पार्टीमा लामो समय राजनीतिक जीवन बिताएर हालै कांग्रेसमा प्रवेश गरेका अभिनेता शत्रुघन सिन्हाका लागि दल परिवर्तनले पराजयतर्फ लग्यो । उनले पटना साहिब निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीका उम्मेदवार रविशंकर प्रसादसँग दुई लाख ८४ हजार मतले पराजय हुनु परेको छ । अभिनेता शत्रुघन सिन्हा भारतीय जनता पार्टीको उम्मेदवार भई सन् २००९ र २०१४ मा विजय हुनु भएको थियो ।

दक्षिण भारतीय फिल्म उद्योग तथा बलिउडका चर्चित अभिनेता प्रकाश राज बेंगलुरु सेन्ट्रल क्षेत्रबाट निर्दलीय उम्मेदवार बनेका थिए । उनी भाजपाका पीसी मोहनसँग ५ लाख ७३ हजारभन्दा बढी मतले पराजित भएका छन् ।

भोजपुरी नायक रवि किशनले उत्तर प्रदेशको गोरखपुर क्षेत्रबाट उम्मेदवारी दिएका थिए । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेका उनी ३ लाख एक हजार ६६४ मतान्तरले विजयी भएका छन् ।

भोजपुरी अभिनेता तथा गायक मनोज तिवारी नर्थ इस्ट दिल्लीबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेका थिए । उनले कांग्रेसकी दिग्गज नेतृ शिला दीक्षितलाई साढे तीन लाखभन्दा बढी मतले पराजित गरे ।

अभिनेत्री सुमनलताले कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिललाई पराजित गरिन् । सुमनलता निर्दलीय उम्मेदवार हुन् । उनले एक लाख २५ हजारभन्दा बढी मतले निखिललाई पराजित गरेकी हुन् ।