काठमाडौं । बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन् ।
बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा आफूले देशबासीको समर्थन जुटाउन निकै कोशिस गरे पनि असफल भएपछि उनले राजीनामा दिन लागेको अड्कल लगाउन सकिन्छ ।
उनले आउँदो जुन महिनाको ९ तारेखमा कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिने बताएकी छन् । पार्टी नेताबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुल्नेछ ।
अब नयाँ प्रधानमन्त्रीले उक्त प्रयास जारी राख्ने प्रधानमन्त्री मेले बताएकी छन् ।