५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक, भाजपा एक्लैले कटायो तीन सय सिट



अ+ अ-

काठमाडौं । लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक भएको छ।

अन्तिम मत परिणामअनुसार सत्तारूढ भारतीय जनता पार्टी एक्लैले तीन सय बढी सिटमा जित हात पारेको छ। भाजपाले यसपटक तीन सय ३ सिट जित्दा कंग्रेस ४४ सिटमा खुम्चिएको छ ।


भाजपाको सन् २०१४ भन्दा २१ सिट बढी हो। पाँच वर्षअघि भाजपाले  २ सय ८२ सिट जितेको थियो। भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ। पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो यसपालि १४ सिट बढाएर ३ सय ५० पुर्‍याएको छ।

 पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पुर्‍याएको छ भने उसको गठबन्धन युपिएले  ८५ सिट जितेको छ। सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो।

लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन्।

यो जितसँगै नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ।