६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा भारतको दादागिरी, हतियारसहित पशुपति प्रवेश



अ+ अ-

मकवानपुर । नेपाल प्रहरीले अनुमतिविना हातहतियारसहित हेटौंडा–४ मा रहेको भुवनेश्वर (पशुपति) मन्दिर दर्शन गर्न आएका भारतीय प्रहरीलाई फिर्ता पठाएको छ। भारतीय दुई असई र दुई प्रहरी जवानलाई सामान्य सोधपुछपछि भारत फिर्ता गरेको हो ।

शनिबार बिहानै पोशाकमा वीरगञ्ज नाकादेखि करिब एक दर्जन प्रहरी चौकी पार गर्दै उनीहरु हेटौंडा आएका हुन् । स्थानीयबासीले हातहतियारसहित हेटौंडा आइपुगेका भारतीय प्रहरीबारे प्रहरीलाई खबर गरेपछि मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो।

मकवानपुर प्रहरीले भारतीय प्रहरीलाई शनिबार विहान करिब ७ बजे पशुपति मन्दिरमा दर्शन गर्ने क्रममा नियन्त्रणमा लिएको थियो । पशुपति मन्दिर रक्सौलबाट ५८ किलोमिटर पर्छ ।

उनीहरूलाई सामान्य सोधपुछ गरी फिर्ता पठाइएको प्रहरीले जनाएको छ । उनीहरुले मन्दिर दर्शनपश्चात् खाजाखाने योजना बनाएका थिए । उनीहरुले गेष्टहाउसमा कोठा खोजेको बताइएको छ ।