१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

फ्याक्ट चेक : सगरमाथामा ‘हस्तमैथुन’ गर्ने व्यक्ति आइल्याण्डका ३६ वर्षीय नागरिक !

फ्याक्ट चेक : सगरमाथामा ‘हस्तमैथुन’ गर्ने व्यक्ति  आइल्याण्डका ३६ वर्षीय नागरिक !
अ अ+ अ-

काठमाडौं । केहि दिन यता सामाजिक सञ्जाल र केही सन्चारमाध्यममा एक तस्वीर भाइरल बन्यो । रातो ज्याकेट, कालो चस्मा, मुख छेउ अक्सिजनाका माक्स र खुट्टामा बरफमा हिड्न बनाईएको जुत्ता लगाएका तीन जनाको तस्वीर एका-एक भाइरल बन्यो ।

सामाजिक सञ्जाल र केही सन्चारमाध्यमले लेखे -‘सगरमाथा शिखरमा गरे युवकले हस्तमैथुन’ । तीन दिनअघि पाकिस्तानका आरोही करिम शाह निजारीले ट्वीटरमार्फत सो तस्वीर सार्वजनिक गरेका थिए । जुन तस्वीरमा एकजना व्यक्तिले शिखरमा हस्तमैथुन गरेर रेकर्ड राखेको दावी गरिएको छ ।

निजारीले सन् २०१९ को यही सिजनमा एक विदेशी युवकले ‘हस्तमैथुन’ गरेर विश्व रेकर्ड कायम’ गरेको भनी उक्त तस्वीर पोष्ट गरेपछि भाइरल बन्यो ।

सामाजिक सञ्जाल र सन्चारमाध्यममा भाइरल भएपछि पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्दा उक्त तस्वीर हालसालै खिचिएको नभएको बतायो ।

विभागकी निर्देशक मिरा आचार्यले उक्त तस्वीर ११ वर्षअघि (सन् २००८) मा खिचिएको बताइन् । उनले हाल सालै सामाजिक सञ्जालमा बुझ्दा भर्जिन आइल्याण्डका ३६ वर्षीय हग इ रेक्सहुन रहेको बताइन् । उनले वास्तविकता पत्ता लगाएरयसबारेमा प्रेस विज्ञप्ति जारी गर्न लागिएको बताइन् ।

यसैबीच पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले सो तस्वीरको सत्यतथ्य बाहिर आउने र जहिले गरेको भए पनि सगरमाथा शिखरमा त्यस्ता हर्कत गर्ने तथा उक्साउनेहरुलाई कारवाहीको दायरमा ल्याउने बताएका छन् ।