३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको पाइप बोकेको ट्रकमा आगजनी



अ+ अ-
फाइल फोटो

सिमरा । बाराको सिमरामा रोकिराखेको भारतिय ट्रकमा अज्ञात समुहले आगजनी गरेको छ ।

आइतबार राती जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित बजनीमा पाइप बोकेको लरीमा आगजनी गरिएको हो।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक बजनीस्थित सडक छेउमा रोकिराखेको थियो ।

आगलागीबाट ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ । ट्रकमा आगो लगाउने व्यक्ति वा समुहको पहिचान नभएको र खोजी भइरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले बताए।