६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत पेट्रोलियम पाइपलाइनको पाइप बोकेको ट्रकमा आगजनी



अ+ अ-
फाइल फोटो

सिमरा । बाराको सिमरामा रोकिराखेको भारतिय ट्रकमा अज्ञात समुहले आगजनी गरेको छ ।

आइतबार राती जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित बजनीमा पाइप बोकेको लरीमा आगजनी गरिएको हो।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक बजनीस्थित सडक छेउमा रोकिराखेको थियो ।

आगलागीबाट ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ । ट्रकमा आगो लगाउने व्यक्ति वा समुहको पहिचान नभएको र खोजी भइरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले बताए।