१६ असार २०८३, मंगलवार
,
Latest
मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहीका पिता भन्छन्, ‘डाक्टर बनाउने सोच थियो, अनुहार नै देख्न नपाई छोरो खरानी भएछ’



अ+ अ-

काठमाडौं । ‘मनमा ठूलो आस र भरोसा मानेर छोरामा लगानी गरें । डाक्टर बनाउने सोच थियो तर डाक्टर हैन अनुहार नै देख्न नपाई छोरो खरानी भएछ । ’ यो भनाइ हो जय पृथ्वी नगरपालिका–१ कैलासका विजय शाहीको ।

आइतबार बेलुका काठमाडौंको घट्टस्थत कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो । उनको मृत्युले अहिले शाही परिवारमा निकै पीडा र छट्पटी भएको छ । ‘गरिबीको मार खेपिरहेको छु । भएको सम्पत्ति डिक–बन्धकी राखेर साहुको ऋण सापट मागें। ठूलो सपना बोकेर छोरालाई एचए (हेल्थ असिस्टेन्ट) पढाउन १६ लाख खर्च गरें । अब कसरी कहाँबाट तिर्न हो ! आफू पनि गयो, हामीलाई पनि ऋणमा डुबायो,’ उनले भने ।

विजय शाहीले प्रज्वलको सहारामा दुई छोरी, अर्का एक छोरा र एक साला गरी चारजनालाई काठमाडौं पढाउन सँगै पठाएका थिए । ‘के छ छोरा खबर भनेर सोध्दा लोकसेवाको तयारी गरिरहेको छु । सानो काम पनि गर्छु भन्थ्यो । पन्ध्र महिनादेखि घरबाट एक रुपैयाँ पनि मागेको थिएन,’ शाहीले भक्कानिँदै भने, ‘छोरो बम विस्फोटमा परेर मृत्यु भएको खबर रेडियो र गाउँलेबाट थाहा पाएँ । अन्य चारजनाको अवस्था के भयोहोला बुझन पाए हुन्थ्यो । काठमाडौं म जान सक्दिनँ ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।