६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर हत्या प्रकरणः सामूहिक हत्याको शोकमा विद्यालय बन्द



अ+ अ-

पाँचथर । मिक्लाजुङ गाउँपालिकामा मङ्गलबार शोक बिदा गरिने भएको छ । गाउँ कार्यपालिकाको बैठकले यही जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिका शिक्षा शाखाको प्रस्तावमा कार्यपालिकाले विदा अनुमोदन गरेको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए ।

जेठ ६ गते राति भएको हत्याकाण्डमा मिक्लाजोङ ३ आरुबोटेका धनराज शेर्माका छोरीहरु
छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा तथा बमप्रसाद फियाककी नातिनी १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या गरिएको थियो ।उनिहरु सबै स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् ।

उनीहरु सबै आरुबोटे माविमा अध्ययनरत थिए । विद्यालयले भने गत शुक्रबार शोकसभा गरेको थियो ।

उक्त घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

हत्या भएकाे आज एक साता पुगेकाे छ । तरपनि अहिलेसम्म हत्यामा संलग्न कुनै अपराधि भेटिएका छैनन् । यद्यपि घटनामा संदिग्ध भनिएका एकजना आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।

शेर्माको परिवार
अनुमानित ३३/३४ वर्षीया धनराज शेर्मा
श्रीमती ३५ वर्षीया जस्मिता फियाक
छोरी १२ वर्षीया युहाना शेर्मा
छोरी १० वर्षीया मुना शेर्मा
छोरी ८ वर्षीया इच्छा शेर्मा

फियाक परिवार
अनुमानित ७०/७५ वर्षीया बमबहादुर फियाक
श्रीमती ७०/७५ वर्षीया पुर्सिमाया फियाक
छोरी ३५ वर्षीया मनकुमारी फियाक
बबमबहादुरकी नातिनी १० वर्षीया आसेकुमारी फियाक

घाइते
अनुमानित १२ वर्षीया सीता खजुम ।